धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

स्वास्थ्यमा उत्कृष्ट काम गर्ने एक जिल्लाको एक पालिका पुरष्कृत

धनगढी

 सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक जिल्लाका एक पालिकालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरष्कृत एबं सम्मानित गरेको छ ।

 स्वास्थ्यको वार्षिक समीक्षाका क्रममा शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानित एबं पुरष्कृत गरेका    छन् ।

 प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्थानीय तहमध्ये प्रत्येक जिल्लाका एक एकओटा स्थानीय तहहरुलाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरेको हो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयनलगायत विषय हेरर स्थानीय तहहरुलाई अङ्क दिएर उत्कृष्ट छनोट गरिएको जनाएको छ ।

 यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले छनोटका आधार तय गरेको र ती आधारमा उच्च अङ्क प्राप्त गर्ने पालिकालाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत एवम् सम्मान गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका, बैतडीको पाटन नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत भएका छन् ।

 यसैबिच स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट र स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत एवम् सम्मानित गरिएको   छ ।