धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीका एसपिलाई थप उपचारका लागि काठमाण्डौं लगियो

कैलालीका एसपिलाई थप उपचारका लागि काठमाण्डौं लगियो

धनगढी

 कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय कैलालीका एसपि प्रहरी उपरिक्षक अनुप शमसेर जबरालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

 मंगलबार कोरोना संक्रमण पुष्टि भएका एसपिमा ज्वरो र खोकी देखापरेपछि उनलाई काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । काठमाण्डौं लगिएका एसपि जबरालाई प्रहरी अस्पतालमा राखेर उपचार गरिने वा घरमै उपचार सेवा दिने भन्ने टुङ्गो नलागेको विष्टले बताए ।