धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

सेतीको परिक्षणमा धनगढीका ३२ सहित थप ७७ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा धनगढीका ३२ सहित थप ७७ जनामा कोरोना पुष्टि

धनगढी

   सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका ३२ जना सहित थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  सेती अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका थप ७७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा चार सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख  छ ।

बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिकाका मात्रै ३२ जना रहेका छन् ।