धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

तीन प्रयोगशालाको परिक्षणमा  थप ९० जनामा कोरोना पुष्टि

तीन प्रयोगशालाको परिक्षणमा  थप ९० जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पता र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार सुदूरपश्चिमका थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेतीमा ७७, डडेल्धुरामा १० र डोटीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको ४ सय ६२ जनाको स्वाव परीक्षणमा कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जना, लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका५ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि हुँदा बैतडी सुर्नया गाउँपालिका१ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 यसै गरी आइतबार नै डोटी प्रयोगशालामा गरिएको १ सय १ स्वाव परिक्षणमा अछामको मंगलशेन नगरपालिकाका १ र डोटीको दिपायल सिलगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इनचार्ज  शौरभ श्रेष्ठले बताए ।

 आइतबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको २ सय २४ जनाको स्वाव परिक्षणमा बैतडीको सिगास गाउँपाकिलाका २ र डोटीको जोरायल गाउँपालिकाका ८ गरी १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिस्ट जिनि गणेजुले बताए ।