धनगढी पोष्ट
सोमबार, २६ असोज २०७७ मा प्रकाशित
काठमाण्डौं
सोमबार नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका मध्य २ हजार २ सय ८३ जन काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार काठमाडौंमा १ हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरका १ सय १८ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
उनीहरुमध्ये ६ सय ४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १ हजार ४ सय ७३ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।