धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा विद्यालय सञ्चालन गर्दा पुनः संक्रमण

धनगढी,

 स्थानीय तहले हतारमा निर्णय गर्दै विद्यालय ससचारु गर्न अनुमति दिंदा दुई महिना सम्म कोरोना संक्रमित फेला नपरेको बाजुरामा पुनः संक्रमण देखापरेको छ ।

विगत दुई महिना यता बाजुराका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थिएन । तर विद्यालय सञ्चालन हुने वित्तिकै बाजुरका ६ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । ती सवै शिक्षक विद्यार्थीलाई पढाउन तराईबाट गएका थिए ।

  स्थानीय तहले विद्यालय सुचारु गर्न दिएपछि विदामा घरबसेका तराईका शिक्षक बाजुराका विभिन्न विदालयमा भित्रेका छन् स्वास्थय कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने–‘तराई बाट आएका शिक्षककै कारण पुनः बाजुरामा कोरोना संक्रमण फैलने चिन्ता बढ्न थालेको छ, हामी नियन्त्रणका लागि प्रयासरत नै छौं ।

 उनका अनुसार कैलाली, सिराह, सप्तरी  र रुकुम घर भएर बाजुरामा अध्यापन गराउने शिक्षक विद्यालय खुले संगै असोज ११ गते बाजुरा गएका थिए । तराईबाट शिक्षक बाजुरा आएको जानकारी पाएपछि हामीले उनिहरुलाई १४ दिन क्वारेण्टाईन राखेर स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ आयो स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले भने–‘तर हामीलाई जानकारी नदिएरपनि धेरै शिक्षक जिल्ला प्रवेस गरेका हुन सकदछन्, उनिहरुले नै समुदायमा संक्रमण फैलाउने डर छ ।

 बाजुरा जिल्लामा साउन २० गते यता कुनै पनि मानिसमा कोरोना संक्रमण पुष्टि भएको थिएन । बाजुरामा हाल सम्म ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना संक्रमण मुक्त भएर घर गएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

 तर स्वामीकार्तिक खापर गाउपालिकाले बिद्यालय खोल्ने निर्णय पछि जिल्ला बाहिर रहेका शिक्षकहरुलाई बिद्यालयमा हाजिर हुन निर्देशन दियो । सोही कारण असोज ६ गते कैलालीबाट एक शिक्षक समिट एयर हुँदै बाजुरा पुगेका थिए ।

 उनले असोज ४ गते धनगढीमा पीसिआर परिक्षणको लागि स्वाब दिएको थियो । बिद्यालयको ताकेता पछि पीसिआर रिर्पोट नआउदै बाजुरा पुगेपछि उनको रिर्पोट पोजेटिभ आएको थियो ।

 स्वास्थय कार्यालय बाजुराका प्रमुख पन्तले कैलालीका शिषकमा कोरोना संक्रमण पुष्टि भएपछि उनि संग सम्पर्कमा आएका ३७ जनाको स्वाव परिक्षणम गर्दा ६ जनामा संक्रमण पुष्टि भएको बताए ।

६ जनामा एकैसाथ कोरोना पुष्टि भएपछि अहिले थप मानिसको स्वाव संकलन गरी कोरोना परिक्षण गर्ने तयारी थालिएको पन्तले बताए ।

 जिल्ला शिक्षा ईकाई बाजुराका प्रमुख गोपालदत्त जोशीले भनेस्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्ने कुनै जानकारी प्राप्त नभएको बताए ।

  स्थानीय तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भन्ने कुनै जानकारी आएको छैन, उनले भने–‘मैले समाचारबाट त्यो कुरा जानकारि पाएको हो । उनले यस विषयमा छलफल गर्न असोज ३० गते सबै पालिकाका शिक्षा इकाई प्रमुख संग बैठक आह्वान गरिएको बताए ।

स्वामीकार्तिक खापर गाउपालिकाले असोज पहिलो सताबाट संञ्चालन गरेका बिद्यालय ६ जना शिक्षकमा कोरोना सक्रमण पुष्टि भएपछि पुन बन्द गरिएको स्वामीकातर्तिक खापर गाउपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताए ।