धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

डोटीका थप १४ जनामा कोरोना पुष्टि

डोटीका थप १४ जनामा कोरोना पुष्टि

धनगढी
डोटीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
मंगलबार डोटी जिल्ला अस्पतालमा गरिएको ६२ जनाको स्वाव परिक्षणमा डोटीकै दुई गाउँपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 
 अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा आर्दश गाउँपालिकाका १२ जना, सायल गाउँपालिकाका एक र केआइसीह गाउँपालिकाका एक जनामा रहेका छन् ।