धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सुदूरपश्चिममा सकृय संक्रमितको संख्या झण्डै १३ सय

सुदूरपश्चिममा सकृय संक्रमितको संख्या झण्डै १३ सय

धनगढी

सुदूरपश्चिम प्रदेशमा सकृय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ । मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ति मध्य सकृय संक्रमित १२ सय ८२ रहेको छ ।

  प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सकृय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा बढी सकृय संक्रमित कैलालीमा ६ सय ७३ रहेका छन् ।

यसैगरी डोटीमा १ सय ३५, बझाङमा १ सय २२, कंचनपुरमा १ सय १८, अछाममा ५५, बैतडीमा ५०, दार्चुलामा ८३ र बाजुरामा ६ जना सकृय संक्रमित रहेका छन् । ३ जना सकृय संक्रमित भने प्रदेश वाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

  प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन् ।


ट्रेन्डिङ