धनगढी पोष्ट
बुधबार, २८ असोज २०७७ मा प्रकाशित
धनगढी
डोटीमा क्वारेन्टिनबाट भागेर घर गएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा रहेको क्वारेन्टिनमा बसेको अवस्थामा भागेर घर गएकबा सोही ठाउँका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर क्वारेन्टिनबाट बसेका उनीहरुको शनीबार स्वाब संकलन गरिएको थियो । स्वाव संकलन गरिएका १६ जना मध्ये १२ जना संक्रमति भेटिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।
संक्रमित १२ मध्य ७ जना मंगलबार आ–आफनो घरमा गइसकेको स्वास्थ्य संयोजक शाहले बताए ।
उनीहरुको रिर्पोट पोजेटिभ आएपछी शिखर नगरपालिकाले–१ को सेरी गाउँलाई शिल गर्ने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताए ।