धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डोटीको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

डोटीको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 जिल्ला अस्पताल डोटीमा गरिएको कोरोना परिक्षणमा डोटी र अछामका थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा गरिएको ७९ जनाको स्वाव परिक्षणमा डोटीका ७ र अछामका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा डोटिको दिपायल सिलगढी नगरपालिकाका ७ र बयलपाटा अस्पताल अछाममाका २ जना रहेका छन् ।