धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

डडेल्धुरा र सेतीको परिक्षणमा थप ५६ जनामा कोरोना पुष्टि

डडेल्धुरा र सेतीको परिक्षणमा थप ५६ जनामा कोरोना पुष्टि

धनगढी

 डडेल्धुरा र सेती प्रोशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको कोरेना परिक्षणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 दुई वटै अस्पतालको प्रयोगशालामा गरिएको ७ सय ९९ जनाको स्वाव परिक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

 डडेल्धेरा अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको परिक्षणमा डडेल्धुरा र दार्चुलाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डडेल्धुरा अस्पतालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  १ सय ६२ जनाको स्वाव परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका २ जना, अमरगढी नगरपालिकाका ३ जना, आलिताल गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका ३ जना रहेका छन् ।

 यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टाको अवधिमा ६ सय ३७ जनाको स्वाव परिक्षण गर्दा कैलालीका ४३ सहित थप ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकरी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ३६, गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका३ का एक जना र पहिचान नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

 सेतीकै परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका३ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।