धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डडेल्धुराको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

डडेल्धुराको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

 धनगढी

 डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा डडेल्धुरा, बैतडी र दार्चुलाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 अस्पतालमा गरिएको १ सय २८ जनाको स्वाव परिक्षणमा डडेल्धुराका ६, दार्चुलाका ३ र बैतडीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

 अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ३, पर्शुराम नगरपाकिलाका २ तथा आलिताल गाउँपालिकाका १ जना रहेका छन् ।

 यसैगरी शनिबार नै डडेल्धुरामा गरिएको परिक्षणमा बैतडीको पाटन नगरपालिकाका ४ र पञ्चेश्वर गाउँपालिकाका १ तथा दार्चुलाको मार्मा गाउँपालिकाका ३ जनामा समेत संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।