धनगढी पोष्ट
आइतबार, ०२ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
डोटीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको २ सय ५५ जनाको स्वाव परिक्षणमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ५ पुरुष र २ महिला छन् ।