धनगढी पोष्ट
आइतबार, ०२ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेतीमा गरिएको ४ सय ६४ जनाको स्वाव परिक्षणमा कैलालीका २७ र कञ्चनपुरका ११ गरी थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका १६, गोदावरी नगरपालिकाका ७ जना, बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।
सेतीमै गरिएको परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका का २ जना र शुक्लाफाटा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।