धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

सुदूरपश्चिममा कोरोना परिक्षण गर्दा पैशा नलाग्ने

सुदूरपश्चिममा कोरोना परिक्षण गर्दा पैशा नलाग्ने

धनगढी

 संघिय सरकारले कोरोना परिक्षण तथा  उपचार नगर्ने घोषणा गरे पनि सुदूरपश्चिम प्रदेश सरकारले भने नागरिकको निशुल्क कोरोना परिक्षण तथा उपचार गर्ने भएको छ ।

 मंगलबार बसेको प्रदेश मन्त्रि परिषदको बैठकले तिहार सम्मका लागि यथास्थितीमा कोरोना परिक्षण तथा उपचार गर्ने निर्णय गरेको हो ।

 सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख तथा प्रदेश कोरोना फोकल पर्सन नरेन्द्र सिंह कार्किका अनुसार कार्तिक १२ गते सम्मका लागि प्रदेशका नागरिकको निशुल्क परिक्षण तथा उपचार गरिने छ ।

 मन्त्रि परिषदको निर्णयले तत्कालका लागि यथास्थितीमै स्वास्थ्य परिक्षण र उपचार गर्ने निर्णय गरेको छ भनेर मन्त्रीज्यूले जानकारी दिनुभएको छ उनले भने सोही निर्णय अनुसार हामीले तत्काल निशुल्क परिक्षण गर्ने छौं ।

  उनले पैशा तिरेर परिक्षण गर्न चाहेकालाई भने निर्धारित शुल्कमै परिक्षण गरिने बताए ।

 सुदूरपश्चिममा हाल सम्म १ लाख २ हजार ५ सय ६३ जनाको स्वाव परिक्षण गरिएकोमा ९९ हजार ८ सय ७ जनाको स्वा परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ९ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।