सेतीमा उपचाररत डोटीका संक्रमितेको मृत्यु

सेतीमा उपचाररत डोटीका संक्रमितेको मृत्यु

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत डोटीका कोरोना संक्रमितको मृत्यु भएको छ ।

 साेमबार उपचारका लागि सेती प्रादेशिक अस्पताल आएका डोटीको केआईसिंह गाउँपालिका४ वायलका ५० बर्षे पुरुषको  मंगलबार काेराेना संक्रमण भएकाे थिया ।बुधबार उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

 आइसियुमा राखेर उपचार गर्ने क्रममा परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै उनको कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बुधबार दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।