धनगढी पोष्ट
बुधबार, १२ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको ९७ जनाको स्वाव परिक्षणमा कैलालीका ४ र कञ्चनपुरका २ गरी ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–२, ३ र ५ का १/१ गरी ३ जना, पहिचान नखेलेका धनगढीकै थप १ जना तथा कञ्चनपुरको भिमदक्त नगरपालिका र महाकाली नगरपालिकाका १/१ गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।