धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

बैतडीमा दशै पछि कोरोना परिक्षण पुनः सुचारु

बैतडीमा दशै पछि कोरोना परिक्षण पुनः सुचारु
fele photo

धनगढी

 दशैका वेला रोकिएको बैतडी जिल्ला अस्पतालको कोरोना परिक्षण सेवा पुनः सुचारु भएको छ ।

 कर्मचारी विदामा बस्दा स्वाव संकलन नभएपछि बैतडीमा कार्तिक ९ गते देखी स्वाव संकलन तथा परिक्षण रोकिएके थियो । दशै सकिएपछि विदामा गएका कर्मचारी फर्केपछि पुनः स्वाव संकलन तथा परिक्षण थालिएको जिल्ला अस्पताल बैतडीका बरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले बताए ।

 प्रयोगशालामा अटोमेटिक कोरोना परीक्षणका लागि कम्तीमा ९६ स्वाब आवश्यक पर्ने भएपनि स्वाब कम हुँदा म्यानुअल विधिबाट परीक्षण गरिंदै आएको ल्याव असिस्टेन्ट डोबाललेबताए ।

 बैतडीमा असोज १ गते ल्याव सञ्चालनमा आई पीसीआर परिक्षण सुरु गरिएको थियो ।  त्यस यता सो ल्याव बाट १ हजार ४ सय ११ नमूनाको परीक्षण गरिएको छ ।