धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीका ७ सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीका ७ सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी उपमहानगरपालिकाका थप ७ जना सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका अनुसार पछिललो २४ घण्टाको अवधिमा सेती अस्पतालमा गरिएको २ सय ४७ जनाको स्वाव परिक्षणमा धनगढीका ७ सहित कैलालीका ९ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी वडा नम्बर १ का ४ जना वडा नम्बर ३ र ६ का १÷१ जना तथा पहिचान नखुलेका धनगढीका १ जना रहेका छन् ।

 यसैगरी गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 बिहीबार नै सेतीको परिक्षणमा पहिचान नखुलेका कञ्चनपुरका २ पुरुष संगै भिमदत्त नगरपालिकाका १ गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको  अस्पतालले जनाएको छ ।