धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

कैलाली कञ्चनपुरका थप  २५ जनामा कोरोना पुष्टि

कैलाली कञ्चनपुरका थप  २५ जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेती प्रादेशिक अस्पतालमा गरिएको १ सय ८४ जनाको स्वाव परीषणमा कैलालीका १६ र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका१ का ६ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का २ जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना, घोडाघोडी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिउको श्रेष्ठले बताए ।

 यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।