धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिम प्रदेशका कानून मन्त्री र उनकी पत्निमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका कानून मन्त्री र उनकी पत्निमा कोरोना पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह र उनकी पत्निमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कानून मन्त्री शाह र उनकी पत्निमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 अस्पतालका अनुसार कानून मन्त्री शाह र उनिकी पत्निले आजै (शनिबार) कोरोना परिक्षणका लागि स्वाव दिएका थिए ।

 शाह दम्पति मन्त्रालयको क्वाटरलाई नै होम आइसोलेसन बनाएर आराम गरिरहेका छन्  ।