धनगढी पोष्ट
आइतबार, १६ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
टीकापुरका एक कोरोना संक्रमितको नेपालगंजमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर–१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार भईरहेका ति पुरुषको आज विहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।