धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीका ३९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीका ३९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी उपमहानगरपालिकाका ३९ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको १ सय ७८ जनाको स्वाव परिक्षणमा धनगढी सहित कैलालीका ६६, कञ्चनपुरका ४, अछामका २ बैतडी र डडेल्धुरा १÷१ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको अस्पताललले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेका कैलालीको धनगढीउपमहानगरपालिका वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना तथा वडा नम्बर ७ र ८ का १÷१ तथा पहिचान नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी सेतीकै परिक्षणमा कैलालीकै टिकापुर नगरपालिकाका १७ जना, गौरिगंगा नगरपालिकाका १ जना, घोडाघोडी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना र पहिचान नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 सेतीकै परिक्षणमा कञ्चनपुरको भिमदत्त नगरपालिका र पुनर्रवास नगरपालिकाका १÷१ जना तथा कृष्णपुर नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका अनुसार सोमबार नै अछामका २, बैतडी र डडेल्धुरा १÷१ जना तथा डोटीका २ जनामा सेमेत संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।