सेतीको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि

धनगढी
 सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । 
 सेती अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको २ सय ७८ जनाको स्वाव परीक्षणमा कैलालीका १७ सहित २० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकोछ । 
 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका  ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एकरएक जनामा संक्रमण पुष्टि भएको छ । 
  यसैगरी गोदावरी नगरपालिकाका ३ जना तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका बैतडीको दशरथचन्द नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाका एक÷एक जना समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।