धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

फेरि अर्को सहकारीद्धारा किसानलाई दोब्बर मुल्यमा मल बिक्री

फेरि अर्को सहकारीद्धारा किसानलाई दोब्बर मुल्यमा मल बिक्री

 

धनगढी

  कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक सहकारीले तोकिएको भन्दा दोब्बर मुल्यमा किसानलाई रसायनिक मल बेच्ने गरेको भेटिएको

  मल आपुर्तिकर्ता साल्ट ट्रेडिङ कम्पनी, कृषि सामाग्री केन्द्र लिमिटेड गौरीगंगा नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनका  क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ९मा रहेको देउराली कृषि सहकारी संस्थाले नियम मिचेर किसानहरुलाई दोब्बर महंगोमा मल बेचेको भेटिएको हो

  साल्ट ट्रेड्रिङ कर्पोरेशनका अधिकृत रामचन्द्र जोशीले जिल्लाभरिका रसायनिक मल बिक्रेता सहकारीको अनुगमन  गर्ने क्रममा देउराली सहकारीले महंगोमा मल बिक्री गरेको भेटिएको बताए

   अनुगमनका क्रममा कैलालीकै देउराली महिला कृषि सहकारी संस्था लिमिटेडले प्रति क्वीन्टल १ हजार ८ सय रुपैंया पर्ने यूरिया मल प्रति क्वीन्टल हजार रुपैंयामा बेचेको भेटिएको हो

   सहकारीहरु स्थानीय सरकारको मातहतमा रहेका कारण अनुगमनका क्रममा प्राप्त प्रमाणहरु गौरीगंगा नगरपालिकालाई बुझाइएको जोशीले बताए

  गौरिगंगा नगरपालिकाका मेयर भीम देउवाका अनुसार मंगलबार देउरालीका सवै कागजात तथा बिल जफत गरिएको नगर सहकारी शाखाको टोलीले मंगलबार सहकारीका सवै कागजात जफत गरेको मेयर देउवाले भने– ‘आवश्यक अध्ययन पछि दोषी भेटिए कानूनी कारवाही गरिने

  कार्तिक १५ गते धनगढी पोष्ट न्यूज अनलाईनमा दुई गुणा महंगोमा मल विक्री भन्ने समाचार प्रकाशित भएपछि कृषि सामाग्री केन्द्र लिमिटेड साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड तथा स्थानीय जनप्रतिनिधीको टोलीले कार्तिक १६ गते सहकारीको अनुगमन गरेको थियो

 नियम अनुसार सरकारी अनुदान प्राप्त रसायनिक मल सहकारीले ढुवानी खर्च बाहेक प्रति बोरा रुपैंया मुनाफा राख्दै किसानलाई बेच्नु पर्दछ कृषि सामाग्री केन्द्र लिमिटेडका अनुसार युरिया प्रति क्वीन्टल प्रति क्वीन्टल १६५२ पर्ने गरेको सहकारी संस्थाले जिल्ला भित्र बढीमा प्रति क्वीन्टल १८ सयमा मल वेच्नु पर्ने हो तर देउराली कृषि सहकारी संस्थाले भने प्रति क्वीन्टल हजारमा किसानलाई यूरिया वेचेको रसिद प्राप्त भएको