सेतीको परिक्षणमा थप ६०जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ६०जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिका सेतीमा गरिएको ३ सय ३८ जनाको परीक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ र ४ का २÷२ जना तथा वडा नम्बर ७, ९ र १३ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी सेतीकै परिक्षणमा कैलालीकै बर्दगोरिया गाउँपालिकाका ९ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३÷३ जना तथा गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

 यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, भीमदत्त नगरपालिकाका ६ जना र ठेगाना नखुलेका एक जनामा समेत बुधबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 बुधबार नै सेतीको परिक्षणमा बाजुराका एक जनामा समेत संक्रमण पुष्टि भएको छ ।