धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

धनगढीका ९२ बर्षीय कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

धनगढीका ९२ बर्षीय कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

धनगढी
  सेती प्रादेशिक अस्पतालमा उपचाररत ९२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 
  धनगढी उपमहानगरपालिका –५ का संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
  कोरोना संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज विहान उनको मृत्यु भएको हो । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको  थियो ।