धनगढी पोष्ट
शनिबार, २२ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा थप २ जना कोरोना संक्रमितको मत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिकाका १ जना पुरुष र बर्दगोरियागाउँपालिकाका १ महिला रहेका छन् ।
सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ का ३९ बर्षे १ पुरुष र बर्दगोरिया गाउँपालिका–४ की ५९ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनीहरुको होम आईसोलेसनमा बसेका बेला मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।