धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

नवज्योति सहकारीको अध्यक्षमा पुनः राना

नवज्योति सहकारीको अध्यक्षमा पुनः राना

धनगढी

 सीताराम रानालाई पुनः अध्यक्षमा चयन गर्दै नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा शनिबार धनगढी उपमहानगरपालिकाको देवहरियामा सम्पन्न भएको छ ।

 साधारण सभाले निर्विरोध चयन गरेको कार्यसमितिको उपााध्यक्ष मेघनथा राना, सचिव भीरा राज राना रहेका छन् ।

 साभारण सभाको बन्द सत्रले सहकारीको सदस्यमा भजन राना, लिला कुमारी पौडेल (अधिकारी ), मनोज बिक्रम चौधरी, भैलु राम रानाअनिता चौधरी र चनक लाल चौधरी चयन भएका छन्

   त्यस्तै लेखा समितिको संयोजकमा भीम पडाल र सदस्यमा हर्षराज राना र जीवन राना, ऋण समितिको सदस्यमा नरेश राना र अर्जुन चौधरी, शिक्षा समितिको सदस्यमा महेन्द्र चौधरी र आशादेवी चौधरी चयन भएका छन् ।

  यसअघि भएको उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य टेक बहादुर रैकाले सहकारीले सबै सदस्यहरुको  जीवनस्तर उकास्न भूमिका खेल्नु पर्ने बताए ।

  पैसाको धेरै प्रचलन नरहेको समयमा पनि कमजोर सदस्यलाई खाद्यान्न सहयोग गर्न   खाद्यान्न संकलन गरेर नेपालमा  सहकारीको शुरुआत भएको भन्दै सदस्य केन्द्रित कार्यक्रम गर्न प्रदेश सभा सदस्य रैकाले सुझाव दिए । 

  पुर्व संविधान सभाका सदस्य प्यारेलाल रनाले उपभोक्ताका कृषि सम्वन्धी आधारभुत आवश्यकता सम्वोधन गर्न साल्ट टेडिबाट  ल्याएर नुन मल सस्तो दरमा सदस्यहरुलाई बिक्री गरिरहेको बताए ।

  जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज बिनाडीले सहकारीहले

आफ्नो उद्धेश्य अनुसार कृयाकलापहरु सँचालन गरेर सदस्यहरुको हितमा काम गर्नु पर्ने बताए । 

    पछिल्लो समयमा सहकारीहरु बिग्रिने समस्या देखा परिरहेको भन्दै अध्यक्ष सापकोटाले जिल्लाकै राम्रो सहकारीका रुपमा रहेको नवज्ज्योतिलाई कृषिमा  बिशेष कार्यक्रम सँचालन गरेर नमुना काम गर्न आग्रह गरे ।

 ‘अनुदान दिएर, सहुलियत ऋण दिएर वा लगानीको कुनै उपयुक्त बिकल्प छानेर नवज्योतिले कृषिको कुनै एक नमुना कार्यक्र संचालन गर्दा राम्रो हुन्छ । अध्यक्ष सापकोटाले भने– ‘यस्तो भएमा अरु जिल्लाबाट अध्ययन भ्रमणमा आउने सहकारीलाई नवज्योति देखाउन लायक सहकारी बन्छ ।

 राष्टिय सहकारी बैंकका धनगढी प्रवन्धक चक्र कुवरले सहकारीले ऋण प्रवाह गर्नु अघि सदस्यहरुलाई निक्षेप र कर्जाका बारेमा तालिम दिनु आवश्यक रहेको बताए ।

 अहिले राम्रो देखिए पनि समय समयमा परिष्कृत नगरिए खतरा आउन सक्ने भन्दै  सहकारीहरुले समयमै आफुलाई समय अनुसार परिष्कृत गर्नुपर्ने बताए ।

  बार्षिक प्रतिवेदन प्र्रस्तुत गर्दै अध्यक्ष  सीताराम रानाले सहकारी स्थापना गर्दा सकारी निकाय र आफ्नै समुदायले नपत्याएको भन्दै स्थापनाको तीन बर्षपछि देखि सहकारीप्रति आकर्षण बढेको बताए ।

 समाजमा पछि परेको समुदाय आफैले केही गर्नु पर्छ भनेर सहकारी स्थापना गरिएको  बताउँदै अध्यक्ष रानाले अझै सदस्य केन्द्रित कार्यक्रम गरिने बताए ।

अध्यक्ष रानाले सदस्यहरुलाई  १० हजारसम्म  बिना जमानी र धितोमा ऋण दिइरहेको बताउँदै यसको दायरा बढाउन नीतिगत निर्णय गर्न लागिएको बताए ।

 लेखा समितिका संयोजक भीम पडालले लेखा प्रतिवेदन, सहकारीका व्यवस्थापक उग्रसेन रानाले आर्थिक बर्ष २०७७। २०७८को अनुमानित आयव्यय र ऋण समितिका संयोजक मनोज रानाले ०७६।२०७७को ऋण प्रवाहको बारेमा प्रस्तुति गरेका थिए ।कार्यक्रमको संचालन भीरा रानाले गरेका थिए ।

उत्कृष्ट काम गर्ने सम्मानित

नवज्योति कृषि सहकारीले आफ्नो १२ साधारण सभामा उत्कृष्ठ काम गर्नेहरुलाई सम्मानित गरेको छ ।

  असल ऋणीहरु धनीराम डगौरा थारु र  साहेब राना, सहकारीको भवन  निर्माण समितिका संयोजक मेघनाथ राना र सदस्य मनोज राना, सहकारीका उत्कृष्ट कर्मचारीको रुपमा पृथ्वी राना सम्मानित भएका छन् उनीहरुलाई प्रम्ख अतिथि प्रदेश सभा सदस्य टेक बहादुर रैकाले दोसल्ला र नगद सहित सम्मानित गरेका थिए ।