धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलालीका ४७ सहित थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ४७ सहित थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ४७ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा सोमबार थप ६३ जनामा कोरोना संक्रामण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ४१ जनाको स्वाव परिक्षणमा कैलालीका ४७ कञ्चनपुरका १५ र अछामका १ गरी ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका१ का ५ जना, वडा नमबर २ का ५ जना, वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का १० जना, वडा नम्बर ८ का १ र वडा नम्बर १० का २ जनामा संक्रमण पुष्टि भएको छ ।

 सोमबार नै सेतीका परिएको परिक्षणमा कैलालीकै भजनी नगरपालिकाका ८ जना, टिकापुर नगरपालिकाका २ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र पहिचान नखुलेका ३  जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार सोमबार नै कञ्चनपुरको बेलौरी नगरपालिकाका ८ जना, भिमदत्त नगरपालिकाका ७ जना तथा अछामका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।