धनगढी पोष्ट
सोमबार, २४ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा सोमबार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार सोमबार प्रदेशका ७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १० हजार १ सय ५४ पुगेको छ, भने ८ हजार ४ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीका ४७, कञ्चनपुरका १५, अछामका ८, बैतडीका ९, बझाङका १०, बाजुराका ८, डडेल्धुराका १४, दार्चुलाका ९ र डोटीका ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा सोमबार थप ६३ जनामा कोरोना संक्रामण पुष्टि भएको छ ।