धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

टीकापुर घटनाबारे धारणा सार्वजनिक गर्न कैलालीका दलहरुसँग थरुहट थारुवान मोर्चाको माग

टीकापुर घटनाबारे धारणा सार्वजनिक गर्न कैलालीका दलहरुसँग थरुहट थारुवान मोर्चाको माग

धनगढी

 टीकापुर घटनाका बारेमा आफनो धारण सार्वजनिक गर्ने सहित तीन बुदै माग राख्दै थरुहट थारुवान राष्टिय मोर्चाले कैलालीका राजनैतिक दलदहरुलाई ज्ञापनपत्र बुझाएको छ ।

 टीकापुर घटना भएको पाच बर्षपछि थरुहट थारुवान मोर्चाले कैलालीका दलहरुलाई ज्ञापनपत्र बुझाउँदै आफना माग र टीकापुर घटनाका बारेमा दलहरुको धारणा सार्वजनिक गर्न माग गरेको हो ।  

 नयाँ संविधानमा आफनो पहिचान र अधिकार सुनिश्चित गर्न शुरु भएको संघर्षका क्रममा टीकापुर घटना भएको भन्दै मोर्चाले दलहरुलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ  टीकापुरमा भएको घटनालाई यहाँको राजनैतिक दलको आधिकारिक धारणा के हो ? मोर्चा तथा आम कैलालबासीलाई स्पष्ट  पार्नु पर्छ ।

 ज्ञापनपत्रमा  पहिचान र अधिकारका लागि भएको आन्दोलनका क्रममा टीकापुर घटना भएको भन्दै टीकापुर घटनालाई राजनैतिक रुपले समाधानका लागि  जुट्न दलहरुलाई आग्रह गरिएको छ ।

 २०७२ भदौ ७ गते टीकापुरमा थरुहट थारुवानले निकालेको प्रदर्शनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक सहित ८ जनाको ज्यान गएको थियो । उक्त घटनामा कैलाली जिल्ला अदालतले दोषी ठहर गरेका हालका संघीय सांसद रेशम चौधरी सहित ११ जना अहिले पनि कारागारमा छन् । टीकापुर घटनाका दोश्रो दिन टीकापुरमा रहेका थारुहरुका घर, पसलमा आगजनी र तोडफोड भएको थियो ।

 भदौ ७ गतेको घटनालाई मात्र राज्यले प्राथमिकता दिएको तर भदौ ८ गेको घटनाका दोषीहरुलाई कारवाही नगरिएको ज्ञापनपत्रमा असन्तुष्टि पनि जनाइएको छ । भदौ ८ गते साम्प्रदायिक दंगा निम्तिने गरि थारुहरुको घर, पसल, व्यापार, एफएम आगजनी तथा लुटपाट गर्ने अपराधीहरुको नाममा किटानी जाहेरी भएको पाँच बर्ष बितिसक्दा पनि ज्ञापनपमा भनिएको छ कानुनी दायरामा नल्याइएकोमा यहाँको पार्टीको आधिकारिक धारणा जनता समक्ष स्पष्ट रुपमा ल्याइयोस् 

 मोर्चाले बुधबार नेपाल कम्युनिष्ट पार्टीनेपाली काँग्रेसजनता समाजवादी पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय जनमोर्चा, साझा पार्टी र राष्टिय मानव अधिकार आयोग सुदुरपश्चिम क्षेत्रीय कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । थरुहट थारुवान मोर्चा कैलालीका संयोजक माधव थारुले  ज्ञापन पत्र बुझाएका हुन् ।

 ज्ञापनपत्र बुझ्दै नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले टीकापुर घटना राजनैतिक भएको बताउँदै भने–‘नपाली काँग्रेस कैलालीले उक्त घटना राजनैतिक भएको निर्णय नै गरिसकेको छ ।

 टीकापुर घटनाको दोश्रो दिन भएको घर जलाउने र तोडफोठ गर्ने कार्य गलत भएको भन्दै सभापति शाहले अधिकार र पहिचानको माग सम्वोधन गर्न काँगेस तयार रहेको बताए ।

 ज्ञापन पत्र बुझ्दै नेकपा कैलालीका संगठन बिभाग प्रमुख रण बहादुर चन्दले अधिकार र पहिचानको माग सम्वोध गर्नु आवश्यक रहेको बताउँदै आफुले यसबारे पार्टीमा छलफल चलाउने बताए ।

 चन्दले टीकापुर घटना राजनैतिक भएको बताउँदै राजनैतिक रुपमा नै समाधान गरिनु पर्ने बताए ।

 पुर्व सभासद कृष्ण चौधरीले  आफुहरुले राजनैतिक माग उठाएका कारण तीनको सम्वोधन पनि राजनैतिक दलहरुले नै गर्नु पर्ने बताए ।