धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कोरोना कहर

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण जम्मा संक्रमितको संख्या ३ सय ४९

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना  संक्रमण पुष्टी भएको हो ।

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण   जम्मा  संक्रमितको संख्या ३ सय ४९

धनगढी,

   सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४९ पुगेको छ ।

    सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना  संक्रमण पुष्टी भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो ४ घण्टामा ७९ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिएको थियो । 

   नयाँ थपिएका संक्रमित हरुमा धनगढीका १ महिला र ७ पुरुष, गौरिगंगा नगरपालिकाका एक महिला र एक पुरुष रहेका छन् ।

   यसैगरी कञ्चनपुरका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भए पनि स्थानीय तहको विवरण भने खुलाइएको छैन ।