धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बैतडी बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, ३४ घाइते
file photo

धनगढी

 दार्चुला बाट महेन्द्र नगरका लागि छुटेको बस बैतडीको खोड्पेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

 ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोड्पे अन्तरगत जयपृथ्वी राजमार्गमा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

 प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरिक्षक मोहन साउँदका अनुसार मृत्यु भएका मध्य ७ जनाको सनाखत भएको छ भने दुई जनाको अझै सनाखत हुँन बाँकी रहेको छ ।

 पहिचान खुलेका ७ जना मध्य कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन । यस्तै ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 मृतक मध्य १ जनाको शरिर बडीले किचेर गाडिएको हुँदा जमिन खनेर निकाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले बताए ।

 बिहीबार राती १० बजेतिर बैतडीको पाटन नगरपालिका८ खोडपेमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको डिएसपी अधिकारीले बताए ।

 दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।