धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

दुर्घटना हुनु अघि दुई पटक बिग्रेको थियो बस

दुर्घटना हुनु अघि दुई पटक बिग्रेको थियो बस
file photo

धनगढी

 शुक्रबार राती बैतडीको खोड्पेमा दुर्घटना ग्रस्त भएको बस बिग्रो जानकारी हुँदा हुँदै जबर जस्ति चलाइएको बसमा सवार यात्रुको आरोप छ । 

 यात्रुका अनुसार शुक्रबार ५ बजे दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस गुडेको केही समयमै बिग्रेको रहेछ । बस दुर्घटनामा परी घाइते भइ उपचाररत बिरामीका अनुसार दार्चुलाको गन्ना बाट छुटेको बस कही समय गुड्ने वित्तिकै दार्चुलाकै देउझाडी भन्ने स्थानमा बिग्रेको थियो ।

 तर बस चालक र अन्य स्टाफले सामान्य टायर कसेको भन्दै यात्रुलाई ठगेर बिग्रेकै बस चलाएका थिए । गन्ना बाट १÷२ किलो मिटर पर पुग्ने वित्तिकै दार्चुलाकै देउझाडी भन्ने स्थानमा बस बिग्रेको थियो बस दुर्घटनामा परी घाइते भई धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचाररत कञ्चनपुरको भिमदत्त नगरपालिका२ उल्टाखामका २५ बर्षे दशरथ गिरीले भने–‘हामीले चासो राख्दा टायर कसेकोे भन्ने जवाफ आयो, तर त्यति वेलै बस बिग्रेको  रहेछ ।

 १ पटक मर्मत गरेको बस बाटोमा पुनः बिग्रेको अर्का घाइते यात्रु बताउँछन् । देउझाडीमा मर्मत गरेर हिडेको बस बाटोमा पुनः बिग्रेको थियो शुक्लाफाँटा नगरपालिका४ का हर्क धामीले भने–‘दोश्रो पटक पनि बस बिग्रपछि हामी डराएर बस बाहिर निस्केका थियो, बस चालकले पुनः बसको ब्रेक कसेको मात्रै हो अन्य समस्या छैन भन्दै बस भित्र बसायो, केही पुर पुग्दा दुर्घटना भइहाल्यो ।

 म जस्तै धेरै यात्रु बिग्रेको बसमा नबस्ने भन्दै बाहिर निस्केका थिए उनले भने–‘बस चालकले नढाँटेको भए कसैले ज्यान गुमाउने थिएनन्, तर चालकले यात्रुलाई ठगेर बिग्रेको बस चलाउँदा यस्तो घटना भएको हो । बस दोश्रोपटक बिग्रदा टायर बाट धुवाँ आएको उनले बताए ।

 बिग्रको बसलाई बिस्तारै कञ्चनपुर पु¥याउने भन्दै चालक र सहचालक विच कुरा भएको घाइते नरमा देवी धामीले बताइन् ।

 बस दोश्रो पटक बिग्रेपछि खोडेपेमा खाना खाएर बिस्तारै चलाउँदै जानु पर्छ भन्दै चालकले सहचालक संग कुरा गरिरहेका थिए बसको क्याबिनमा सवार ६५ बर्षे धामीले भनिन्–‘त्यसपछि म सुतेछु, होसमा आउँदा कोलाहल भइरहेको थियो, उठ्न खोज्दा शरिरमा चोट लागेको देखेपछि बस पल्टेको भन्ने थाहा पाए । चालकलाई बस किग्रेको छ भन्ने जानकारी हुादा हुँदै जबर जस्ती चलाएको उनले बताइन् ।

 दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस शुक्रबार राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएकोमा ३ जनालाई धनगढीबाट थप उपचारका लागि कोहलपुर मेटिकल कलेज रेफर गरिएकोछ , ६ जना उपचार पछि घर गएका छन् ।

 बाँकी ३ जनाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । बसका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की घाइते रहेका छन् ।

 सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रबक्ता मोहन साउँदले बताए ।