धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
नेपाली काँग्रेस कैलालीको प्रधानमन्त्रीलाई ९ बुदे ज्ञापन पत्र

रुख कटान र ढुवानी रोक्ने निर्णय कार्यान्वयनको माग

नेपाली काँग्रस कैलालीले रुखहरु कटान र ढुवानी रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन सहितको नौ  बुदे ज्ञापन पत्र प्रधानमनत्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

रुख कटान र ढुवानी रोक्ने निर्णय कार्यान्वयनको माग
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापन पज्ञ बुझाउदै नेपाली काँग्रेस कैलालीका सभापति नरनरायण शाह

 धनगढी

   नेपाली काँग्रस कैलालीले रुखहरु कटान र ढुवानी रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन सहितको नौ  बुदे ज्ञापन पत्र प्रधानमनत्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

 ‘जेठ १५ गते मन्त्रीपरिषदको बैठकले गरेको रुखहरु कटान, ढुवानी तथा ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने कटान भएका काठ र गोलिया सुरक्षित राख्ने बन तथा वातावरण मन्त्रालयले गर्ने गराउने निर्णयको कैलालीमा कार्यान्वयन नभएको अवस्था छ । जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत सोमबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ – ‘भ्रष्टाचारले प्रेरित मिलेमतोमा अनियमित रुपले भैरहेका त्यस्ता क्रियाकलापलाई यथाशिघ्र रोक्न जोडदार माग गर्दछौं ।

    नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा लम्कीचुहा  नगरपालिकाको क्वारेन्टिनमा महिलामाथि भएको सामुहिक बलात्कारको घटनाका दोषीहरुलाई तत्काल कारवाही गर्न माग गरिएको छ । लम्कीचुहा नगरपालिकामा  क्वारेन्टिनमा भएको बलात्कारको घटनाले क्वारेन्टिनको व्यवस्थापनमा शान्ति सुरक्षाको बिश्वसनियता गुमेको बिज्ञप्तिमा  उल्लेख छ । ‘क्वारेन्टिनमा भएको बलात्कारको घटनाले क्वारेन्टिन व्यवस्थापनमा सरकारले गरेको लापरवाही र वेवास्ताका  कारण समग्र क्वारेन्टिन व्यवस्थापनमा शान्ति सुरक्षाको बिश्वसनियता गुमेको छ । ज्ञापनपत्रमा भनिएको छ ‘हामी त्यस घटनाको घोर निन्दा गर्दै त्यसमा संलग्न भएकाहरु माथि कडा कारवाहीको माग गदैछौं ।

    प्रमुख प्रतिपक्षको सहयोग भएर पनि सरकार कोभिड १९ को महामारी नियन्त्रण गर्न र देशलाई बिपदबाट सुरक्षित राख्न असफल भएको भन्दै जिम्मेवार भएर काम गर्न बिज्ञप्तिमा आग्रह गरिएको छ ।  ज्ञापन पत्रमा संघीय र प्रदेश सरकार कोभिड १९ को जोखिमपुर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्रिय हुन नसकेको भन्दै जिम्मेवार भएर काम गर्न आग्रह गरिएको छ ।

  बिदेशिएका युवाहरु देश फर्केको बेला उनीहरुलाई कृषिमा परिचालित गर्न सकिएमा यो संकटको अवस्थामा समग्र कृषि क्षेत्रलाई बचाउन सकिने भन्दै ज्ञापन पत्रमा यो अप्ठेरो बेलामा कृषि क्षेत्रलाई उठाउन तत्काल कृषि राहत प्याकेजको घोषणा गर्न आग्रह गरिएको छ ।

  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर कार्य सम्पादन गरिरहेकाहरुको व्यक्तिगत सुरक्षाको उचित प्रवन्ध नभएको भन्दै उनीहरुलाई प्रोत्साहित गर्न गम्भीर बन्न आग्रह गरिएको छ ।

   क्वारेन्टिको व्यवस्था गरिएको भए पनि क्वारेन्टिन व्यवस्थित नभएको, क्वारेन्टिनमा रहेकाहरु बाहिर काममा गइरहेको, आवश्यक मात्रामा कीट र प्रयोगशालाको अभावमा परिक्षणको गति शुन्य भएको र संक्रमितको यकिन संख्याको जानकारी पनि नभएको भन्दै बिज्ञप्तिमा सरकारले अहिले सम्मका कमी कमजोरीबाट सच्चिएर अगाडी बढ्न  आग्रह गरिएको छ ।

   लकडाउनका कारण थला परेका  उद्योग व्यवसाय र पर्यटन क्षेत्रलाई राहत प्रदान गर्ने गरि तत्काल प्याकेजको घोषणा गर्न बिज्ञप्तिमा माग गरिएको छ । ज्ञापनपत्र बुझाउनु अघि नेपाली काँग्रेस कैलालीको कार्यालयबाट जुलुश सहित काँग्रेको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

  नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापन पत्र बुझाएका हुन् ।