धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सुदूरपश्चिम प्रदेशको राजधानीमा बृहत प्रर्दशन हुदै

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सुदूरपश्चिम प्रदेशको राजधानीमा बृहत प्रर्दशन हुदै

धनगढी

  हिन्दु राष्ट्र पुर्नस्थापना गर्न दवाव दिन सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलालीमा बृहत ¥याली आयोजना हुने भएको छ ।

  सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा मंसिर ४ गते अर्थात भोली कैलालीमा जुलुस तथा ¥याली हुन लागेको आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन् ।

 ¥याली तथा प्रर्दशन कार्यक्रमका संयोजक रबिन्द्र कार्कीले हिन्दु राष्ट्र पुर्नस्थापना, संघियताको खारेजी र संबैधानीक राजतन्त्रको स्थापनाको माग सहित बृहत प्रर्दशन हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि  ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध धनगढीदेखि अत्तरियासम्म प्रदर्शन गर्न लागेको बताए ।

भोली दिउसो १२ बजे धनगढीको बुद्धचोकबाट शुरु हुने ¥याली कैलालीकै अत्तरिया पुगेर पुन धनगढी फर्कने र कोण सभा हुने संयोजक कार्कीले जानकारी दिए ।

  धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधन सहित ३ हजार मोटरसाईकलको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका प्रबत्ता अशोक मल्लले जानकारी दिए ।  उनले सुदूरपश्चिम प्रदेशकासबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको ¥यालीमा सहभागिता रहने जानकारी दिए । उनले भने–‘यो कुनै पार्टीको समर्थन र बिरोधमा नभई स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाईएको हो, यसमा सहभागिताका लागि सबै  देशप्रेमीलाई आग्रह गर्दछौं ।