धनगढी पोष्ट
बुधबार, ०३ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
धनगढीमा १२ तोला सुन चोरी गरेको आसंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २ गते धनगढी उप–महानगरपालिका–५ तारानगरका स्थानीयले आफ्नो घरबाट १२ तोला सुन चोरी भएको भन्ने उजुरी प्रहरी समक्ष दिएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।
सोही क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरी छानविन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रबक्ता प्रहरी निरिक्षक हिक्मत थापाले बताए ।
सुन चोरी भएको उजुरी प्रहरी कार्तिक २ गते आएपनि कहिले सुन चोरी भयो भन्ने बारेमा भने कुनै जानकारी नभएको प्रहरी निरिक्षक थापाले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ बर्षे हर्क गिरी र थप १ जना रहेका छन् । पक्राउ परेका दुवै जनामाथी आवश्वक अनुसन्धान भइरहेको थापाले बताए ।