धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमित १७ सय ५  जना

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमित १७ सय ५  जना

धनगढी

 सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५ रहेको छ । बुधबार प्रदेशका विभिन्न जिल्लाबाट १७ जना संक्रमित निको भएर घर गएका छन् ।

  प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशमा नयाँ संक्रमित भने थपिएका छैनन् । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार सम्म सक्रिय संक्रमित बढी हुने जिल्लामा कैलाली रहेको छ ।

 बुधबार कैलालीमा १ जना संक्रमित निको भएका छन् भने ७ सय ३४ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

  यसै गरी अछाममा ७३, बैतडीमा ४८, बझाङमा २ सय २४, बाजुरामा १९, दार्चुलामा २ सय १३, डोटीका १ सय ४५, कञ्चनपुरका १३ र अन्य स्थानमा रहेर उपचार गराइरहेका २४ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनु्सार सुदूरपश्चिम प्रदेशमा हाल सम्म १ लाख १४ हजार ५ सय २९ जनाको स्वावको नमूना संकलन गरिएकोमा १ लाख १३ हजार ८ सय ६२ जनाको स्वाव परिक्षण भएको छ ।

 परिक्षण भएका मध्य हाल सम्म १० हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ८ सय ४७ जनाको स्वाव परिक्षण हुन बाँकी रहेको छ ।

  प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका १७, बझाङ र कञ्चनपुरका ३÷, अछाम, बाजुरा र  डडेल्धुराका २÷२ तथा बैतडी, दार्चुला र डोटीका १÷१ जना रहेका छन् ।