धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मेयर साव शौच गर्न कहाँ जाने ?

मेयर साव शौच गर्न कहाँ जाने ?

धनगढी

 मेयर साव शौच गर्न कहाँ जाने ? भन्दै धनगढीमा केही युवाले विश्व शौच दिवसका अवसरमा धर्ना दिएका छन्  ।

मेयर शाप दिशा लाग्यो कहाँ जाउँ < भन्ने व्यानर सहित धर्ना दिएका ती युवा युवतिले सोही व्यानरमा लेखेका थिए चर्पि भेटियो चुकुल छैन, चुकुल भेटियो पानी छैन ! सोही व्यानरमा पहिला सार्वजनिक शौचालय देउ भन्दै मेयरलाई भनिएको छ समृद्धि पछि लिउँला ।

 नव युवा सञ्जालको आयोजनामा धर्ना आयोजना गरिएको सञ्जालका संयोजक कृतज्ञ शाहीले बताए । धनगढी जस्तो उच्च घना वस्ती भएको स्थानमा कम्तिमा ५ सय मिटरको दुरीका सार्वजनिक शौचालय हुनपर्नेमा त्यसो नभएपछि उपमहानगरपालिकालाई शौचालय निर्माणमा दवाव दिन धर्ना दिइएको उनले बताए ।

  कम्तिमा ५५ सय मिटरको दुरीमा शौचालय निर्माण गरिनुपर्नेमा भएका शौचालय समेत अव्यवस्थित छन्–‘उनले भने–‘यसले अशत्त र धनगढी घुम्न आउने नागरिकलाई मुस्किल हुँदै आएको छ, मेयरको ध्यानाकर्षण गर्न हामीले धर्ना दिएका हौं ।

 सञ्जालकी सदस्य विना शाहीले सहज तरिकोले पायक पर्ने स्थानमा सार्वजनिक शौचालय नहुँदा महिलालाई निक्कै समस्या हुने गरेको बताइन् ।

 पुरुष हरु महिलाको तुलनामा कम लाज मान्ने हुँदा उनिहरुले जसोतसो शौच व्यवस्थापन गर्ने गरेको भएपनि महिलालाई बजार क्षत्रमा शौचको निककै समस्या हुने गरेको उनले बताइन् ।

 ‘सरकार समृद्धिका कुरा गर्छ उनले भनिन्–‘तर शौचालय नहुँदा कुना काप्चा र भित्तामा शौच गर्ने परिपार्टी अन्त्य गर्न सकिरहेको छैन, पहिला पायक पर्ने गरी व्यवस्थित शौचालय निर्माण गरिनु पर्दछ ।