बैतडीमा ११ गाई मृत भेटिए, घटना स्थल पुग्दै अनुसन्धान टोली

बैतडीमा ११ गाई मृत भेटिए, घटना स्थल पुग्दै अनुसन्धान टोली

धनगढी

 बैतडीको पुर्चौडी नगरपालिका स्थित वडा नम्बर ६ मा पर्ने भेरी खोलामा ११ गाई मृत भेटिएका छन् ।

 मृत्युको कारण भने नभेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षण्क नारायण प्रसाद अधिकारीले घटना स्थलमा प्रहरी सहित भेटनरी टोली खटाइएको भएपनि अझै घटना स्थलमा टोली नपुगेको बताए ।

 पुर्चौडी नगरपालिकाका मेयर रणबहादु कुँवरले खोलामा मृत भेटिएका गाई स्थानीय नभई आयातित भएको बताए । गाई तराई बाट ल्याएर मारोको हुनसक्ने देख्न्छि उनले भने–‘तर त्यसको यकिन प्रमाण भेटिएको छैन, प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 मृतक भेटिएको गाईको यथार्थ अध्ययन गर्न घटना स्थलमा पुर्चौडी नगरपालिकाकी उपमेयर जानकी ऐर बम सहित प्रहरी र भेटनरीका प्राबिधिकको टोली खटाइएको मेयर कुँवरले बताए ।

 पुर्चौडी नगरपालिको वडा अध्यक्ष जगी साउँदका अनुसार बैतडीको पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले टिप्परमा बोकेर गाईलाई खोलामा खोलामा खसालेको हुन सक्ने आसंका गरिएको छ ।

 पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त पन्तले पाटनमा छाडा पशु चौपायको संख्या बढेपछि पुचौंडी नगरपालिकाका स्थानीय सुरेश पार्की र लक्ष्मण पार्कीलाई गाई व्यवस्थापनको जिम्मा दिइएको बताए ।

  छाडा पशु चौपायाले स्थानीयलाई सताउन थालेपछि हामीले गाई व्यवस्थापनको जिम्मा दिएका हौं प्रमुख प्रशासकिय अधिकृ पन्तले भने–‘तर मारेको भन्ने पुष्टि हाल सम्म भएको छैन, हामी पनि घटना स्थलमा जाँदै छौं ।