धनगढी पोष्ट सोमबार, २३ भदौ २०८२   September 8, 2025

कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घणको अवधिका धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय १८ जनाको स्वाव परिक्षणमा कैलालीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपाकिला वडा नम्बर १ का २ जना, वडा नम्बर २ र ४ का ३÷३ जना र वडा नम्बर ५ का ७ जना रहेका छन् ।

 श्रेष्ठका अनुसार सेतीकै परिक्षणमा शुक्रबार गोदावरी नगरपालिकाका २ जना, गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टिकापुर नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।

 शुक्रबार नै सेतीको परिक्षणमा भजनी नगरपालिकाका ८ जना, लम्कीचुहा नगरपालिकाका ६ जना र पहिचान नखुलेका कैलालीका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।