धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बैतडीको झुलाघाट नाका ५ दिन खुल्ने

बैतडीको झुलाघाट नाका ५ दिन खुल्ने

धनगढी

 भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिन खुला हुने भएको छ ।

भारतीय पेनसनधारी नागरिकलाई पेन्सन बुझ्न जान सहज होस् भन्नका लागि ५ दिन सीमा नाका खुला गरिएको बैतडीका प्रमुख जिल्ला अधरीकारी मोहन राजजोशीले बताए । ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला गरिने उनले बताए ।

 नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए ।

 नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।