धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

पार्टीमा उम्मेर हद लगाए म राजनीति छोड्न तयार छु : रावल

पार्टीमा उम्मेर हद लगाए म राजनीति छोड्न तयार छु : रावल

धनगढी

 शत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेपाका स्थाई कमिटि सदस्य तथा सुदूरपश्चिा प्रदेश इन्चार्ज भिम रावलले नेपाकाले राजनीतिमा उम्मेर हद लगाउने निर्णय गरे आफु पनि राजनीति त्याग्न तयार रहने घोषणा गरेका छन् ।

 नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले पटकपटक युवालाई राजनीति हस्तान्तरण गर्नुपर्छ भन्दै आएको कुरालाई स्मरण गर्दै नेता रावलले बोल्न भन्दा पार्टीको आधिकारिक निर्णय गरेर युवालाई राजतीति सुम्पन तयार हुन आग्रह गरे ।

 बोलेर मात्रै युवालाई राजनीति हस्तान्रण हुँदैन नेता रावलले भने–‘त्यसका लागि पार्टीमा निर्णय गर्नुपर्दछ, ६५ बर्षमै राजनीति छोड्ने निर्णय भए सवै भन्दा पहिला म राजनीति त्याग्न तयार छु ।

 नकपा भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपि ओलीले अव नेतृत्व युवालाई सुम्पनुपर्छ भन्दै आएको प्रसंगलाई कोट्याउँदै धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले बोलेर हैन सो कुरा पार्टीको निर्णय सहित कार्यान्वयन गरेर देखाउन चुनौती दिएका हुन् ।

 

 ‘प्रधानमन्त्री ज्यूले पटकपटक नेतृत्व युवालाई सुम्पिनुपर्छ भन्दै युवामाझ लोकप्रिय बन्ने प्रयत्न गरिरहनु भएकोछ नेता रावलले भने–‘यदी प्रधानमन्त्री साच्चै त्यसका लागि तयार हुनुभएकोहो भने पार्टीबाट निर्णय गरेर सो निर्णय कार्यान्वयन गर्न म चुनौती दिन चाहुन्छु, अन्यथा बोलेर लोकप्रिय हुनेकुरा भ्रमम मात्रै हो ।

 नेता रावलले नेतृत्व युवालाई हस्तान्तर गर्न पार्टीले औपचारिक निर्णय गरेको खण्डमा आफु पनि राजनीति त्याग्न तयार रहने बताए । मेरो उम्मेर ६५ बर्ष भएको छ रावलले भने–‘पार्टीले ६५ बर्ष पछि राजनीति गर्न नपाईने भने निर्णय गरेमा सवै भन्दा पहिला राजनीति त्याग्न म नै तयार हुनेछु ।

 अर्को पंसगमा बोल्दै नेता रावलले कसैले चाहदैमा पार्टी नफुट्ने बताए । प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भने–‘पार्टी भित्र केही व्यक्ति पार्टी फुट्छ भन्दै हिडेका छन्, तर यो कुनै एक जनाले निर्माण गरेको पार्टी हैन, निधि र पद्धतिले बनेको पार्टी सामान्य विवादले फुटदैन ।