धनगढी पोष्ट
सोमबार, ०८ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र विवादको विषयलाई लिएर नेपाली काँग्रेस बैतडीका १ सय ६१ जना नेता र कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् ।
सुर्नया गाउँपालिका–५, का वडा सभापति जयबहादुर चन्द, वडा सचिव देवबहादुर महरा सहितकाले नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापतिलाई सम्बोधन गर्दै उनिहरुले सामुहिक राजिनामा दिएका हुन् ।
सयुक्त राजिनामा पत्रमा सुर्नया गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस बैतडीका पार्टी सचिव समेत रहेका वीरबहादुर बिष्टले मन परीढंगले गाउँपालिकाको केन्द्र सार्दा गाउँमा जातीयद्वेष फैलाएको कारणले राजिनामा दिएको उल्लेख गरिएको छ ।
कात्तिक १५ गते जिल्ला कार्यसमितिमा पेश गरिएको संयुक्त राजिनामा पत्रको बोदार्थ पार्टी केन्द्रीय कार्यालय सानेपामा समेत पठाईएको तर, हालसम्म स्वीकृत नभएको वडा सचिव देवबहादुर महराले बताए ।