धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

सेतीको परिक्षणमा थप ३७ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप ३७ जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५५ जनाको परीक्षण गर्दा थप ३७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जनामा संक्रमण देखिएको जानकारी दिए ।

  उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४÷४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १÷१ जनामा संक्रमण देखिएको छ । यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको   छ ।

 कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २÷२ जना र बर्दगोरिया गाउँपालिकाका १ जनामा समेत कोराना पुष्टि भएको उनले जानकारी दिए ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिकाका र डडेल्धुराको परशुराम नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।