धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेतीको परिक्षणमा मंगलबार थप २६ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा मंगलबार थप २६ जनामा संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४ जनाको परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर २ र ४ का २र२ जना, यस्तै वडा नम्बर ३ ,१२ र वडा नखुलेका १÷१ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यसैगरी कैलालीकै लम्किचुहा नगरपालिका नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका र गोदावरी नगरपालिकाका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ । मंगलबार नै सेतीको परिक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना  र लालझाडी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।