कैलालीका १८ सहित थप २३ जनामा कोरोना पुष्टि

कैलालीका १८ सहित थप २३ जनामा कोरोना पुष्टि

धनगढी

 कैलालीका १८ सहित सेतीमा गरिएको परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ९१ जनाको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी बिहीबार नै कैलालीको घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार सेतीकै परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दार्चुला र बैतडीका १÷१ जनामा समेत बिहीबार संक्रमण पुष्टि भएको छ ।