धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

बिहिवार सुदूरपश्चिम प्रदेशमा थप ५२ जनामा संक्रमण

बिहिवार सुदूरपश्चिम प्रदेशमा थप ५२ जनामा संक्रमण

धनगढी

  सुदूरपश्चिम प्रदेशमा बिहिवार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ५२ जनामा संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार बिहिवार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा २३ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १४ जना, बझाङ अस्पतालको प्रयोगशालामा ४ जना र अछामको कमलबजार प्रयोगशालामा ११ जना गरि ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 बिहिवार थपिएका संक्रमितमा कैलालीका १८, कंचनपुरका ३, अछामका ११, बैतडीका २, बझाङका ४, डडेल्धुराका १२, दार्चुलाका एक  र डोटीका एक जना रहेको मन्त्रालयले जनाएको छ । बिहिवार ५२ जना थपिए संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ११ हजार ४ सय ७२ पुगेको छ ।

 बिहिवार अछामका ६ जना, कंचनपुरका ५ जना र बैतडीका ३ जना कोरोना जितेर घर फर्किएका छन् । यो संगै प्रदेशमा संक्रमण निको हुनेको संख्या ९ हजार ६ सय ११ पुगेको छ ।

 मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सकृय संक्रमितको संख्या १८ सय २२ रहेको छ । यस प्रदेशमा बिहिवार सम्म १ लाख १९ हजार ६ सय ७६ जनाको पिसआिर बिधिवाट स्वाव परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको   छ ।