धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा शनिवार ७३ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार ७३ जना थपिए संगै सुदूरपश्चिम  प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ३६ पुगेको छ ।

शनिवार प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका स्वाव मध्य सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा २७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ९ जना र  अछामको कमलबजार प्रयोगशालामा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

 शनिवार थपिएका संक्रमितमा कैलालीका २१ जना, कंचनपुरका ६ जना, अछामका ३१ जना, बैतडीका १ जना, बझाङका २ जना, डडेल्धुराका ४ जना, दार्चुलाका ३ जना, डोटीका २ जना र अन्य जिल्लाका ३ जना रहेका छन् ।

 शनिवार सम्म प्रदेशभर गरि ९ हजार ६ सय ३२ जना संक्रमण निको भएर घर फर्केका छन् । शनिवार सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

 प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका पुरुष निमोनियाका बिरामी थिए । उनको शनिबार दिउँसो मृत्यु भएको असपतालले जनाएको छ ।

 प्रदेशका बिभिन्न अस्पतालमा  ५६ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् । १५ सय ६९ जना संक्रमित होम आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशभर सकृय संक्रमितको संखया १९ सय ६३ रहेको  छ ।